देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संरक्षित वन्यजन्तुको पैठारीमा अन्तर्रा्ष्ट्रिय गिरोहको संलग्ता सक्रिय।

देशान्तर

काठमाडौं

नेपालमा चरासँगै दुर्लभ चिम्पान्जी र बाँदर तस्करीमा अन्तर्रा्ष्ट्रिय गिरोहको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीले आज विज्ञप्ती निकालेर तस्करीबारे अनुसन्धान गर्दा संगठित अन्तर्रा्ष्ट्रिय गिरोहको नै संलग्नता रहेको खुलेको बताएको छ ।

सीआईवीले गत असोज ३१ गते तस्करीमा सँलग्न गिरोहका ६ जनालाई पक्राउ गरेको थियो । उनीहरुको बयान र अनुसन्धानपछि संरक्षित बन्यजन्तुको पैठारीमा अन्तर्रा्ष्ट्रिय गिरोह सक्रिय रहेको पाइएको सीआईवीले जनाएको हो । सीआईवीले दुई नेपाली, तीन भारतीय र एक पाकिस्तानी नागरिकलाई वन्यजन्तु र चरा ओसार पसार गरेको अभियोगमा पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा बारा डुमरबानाका ४२ बर्षीय राजकुमार तिवारी, पाकिस्तान कराँचीका ५५ बर्षीय जावेद अस्लम खान, भारत लखनउका ३५ बर्षीय चाँद बाबु मोहम्मद शरीफ, भारतको बिहार पटनाका ५४ बर्षीय मोहम्मद फइम, भारत पटनाका ३४ बर्षीय मोहम्मद उश्मान र चराचुरुङी र काठमान्डौ बाँसबारीका ४० बर्षीय सञ्जीव भारी छन् । सीआईवीले उनीहरुको साथवाट २ वटा चिम्पान्जी, ८ वटा नेपालमा नपाईने बाँदर, गोल्डेन फेजन चरा ७ वटा, रिङनेट फेजन चरा २ वटा, परेवा ३८ वटा र सुगा ६५ वटा बरामत गरेको थियो । यसैवीच सीआईवीले पक्राउ परेका ६ जना विरुद्ध संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धान भईरहेको जनाएको छ ।