देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उम्मेदवारीका लागि योग्य नभएको दावी गर्दै सिलवाल विरुद्ध उजुरी दर्ता

देशान्तर

काठमाडौं
वाम गठवन्धनबाट ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका नवराज सिलवालविरुद्ध उजुरी परेको छ ।

सिलवाल उम्मेदवारीका लागि योग्य नभएको दावी गर्दै सोही क्षेत्रवाट स्वतन्त्र उम्मेदवारी दिएका विकाससिंह तामाङले उजुरी दर्ता गराएको निर्वाचन अधिकृत सुरेशराज खनालले जानकारी दिए। सिलवाल केही समय अघि मात्रै प्रहरी सेवावाट राजीनामा दिएर नेकपा एमालेमा प्रवेश गरेका थिए।