देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

झुन्डिएको अवस्थामा पुरुषको शव भेटियो

देशान्तर

काठमाण्डौ ।

भक्तपुर नगरपालिका–१० नपली सिर्जनानगरमा बिहीबार एक पुरुषको शव भेटिएको छ ।
नयाँ बन्दैै गरेको आफ्नै चारतले घरको चौथो तलामा झुन्डिएको अवस्थामा ४७ वर्षीय राजकुमार जोशीको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक गोपाल ढकालले जानकारी दिए ।घटनाबारे अनुसन्धान सुरु गरी शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको उनले बताए ।