काठमाडौं । धोखाधडीपूर्ण राजनीतिक कोर्स र तामझामका साथ घोषणा गरिए पनि वाम गठबन्धनको उत्साह जनमतमा रूपान्तरण हुन नसक्ने देखिएको छ । गत असोज १७ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नया“ शक्ति नेपालबीच एकतासमेत गर्नेगरी चुनावी गठबन्धन भएपछि नेपाली राजनीति तरंगित भएको थियो ।
तुलनात्मक रूपमा निर्वाचनको कम तयारी गरेको र माओवादीस“ग सहकार्यको अपेक्षामा रहेको नेपाली कांग्रेस यसबाट झस्किएको थियो । डेढ महिनाको दौरान र निर्वाचन मिति नजिकि“दै जा“दा नेपाली कांग्रेसको पक्षमा जनलहर बढ्दै गएको छ भने वाम गठबन्धनप्रति अत्यधिक निराशा देखिएको छ ।
यतिबेला वाम गठबन्धनले गोयबल्स शैलीमा निर्वाचन प्रचार गरिरहेको छ । तर अधिकांश क्षेत्रमा ‘सबै वाम एक ठाम’ भए पनि निर्वाचन नजित्ने निश्चित भएपछि कांग्रेस उत्साहित बनेको छ । पार्टीभित्रको आन्तरिक समस्यालाई अधिकतम सम्बोधन गरी निर्वाचनमा होमिएको कांग्रेसले लोकतान्त्रिक गठबन्धनको जगमा अधिकांश स्थानमा आफूलाई बलियो बनाएको छ ।
गठबन्धन गरेको केही सातामै नया“ शक्तिले एमाले माओवादीको साथ छोडेको थियो । अहिले कांग्रेसस“ग गठबन्धनमा रहेको नया“ शक्तिले आफ्नो प्रभाव क्षेत्रमा वाम गठबन्धनको बढीभन्दा बढी मत काट्न सक्ने देखिएको छ ।
एकातिर वाम गठबन्धन भित्रभित्रै भुसको आगोजस्तै सल्किएको आगो र अर्कोतिर कांग्रेसका भेट्रान उम्मेदवारको तेजले अधिकांश क्षेत्रमा वाम गठबन्धन कमजोर देखिएको छ ।
पहिलो चरणमा निर्वाचन हुने ३७ क्षेत्रमै अधिकांशमा नेपाली कांग्रेसले प्रष्ट जित हात पार्ने देखिएको छ । स्रोतका अनुसार १६ क्षेत्र जित्ने सुनिश्चित छ भने थप क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुनेछ । कांग्रेसले दोस्रो चरणको निर्वाचनबाट पनि बढी अपेक्षा गरेको छ ।
वाम गठबन्धनका शीर्ष नेताहरू भने आफ्नो क्षेत्र फुत्कने डरबाट ग्रसित देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल गठबन्धनले निर्वाचन हार्ने संकेत पाएपछि हेलिकप्टरमा उडेको उड्यै छन् । गोरखाका दुईवटै निर्वाचन क्षेत्र लोकतान्त्रिक गठबन्धनले जित्ने निश्चित भएपछि ओली र दाहाल दुवैले सो क्षेत्रको भ्रमण गरी सभा गरेका छन् ।
सभामा वाम गठबन्धनको सोचे जति जनसहभागिता जुट्न सकेन । लोकतान्त्रिक गठबन्धनलाई कर्कलोको संज्ञा दि“दै कर्कलो काट्न बञ्चरो नचाहिने टिप्पणी गरे पनि एमाले अध्यक्ष ओली आत्ति“दै बञ्चरो बोकेर गोरखा पुगेका थिए । ओलीलाई लोकतान्त्रिक गठबन्धनबाट गोरखा २ का उम्मेदवार बाबुरामले बञ्चरो नै बोके पनि कर्कलो काट्न वाम गठबन्धनले नसक्ने चेतावनी दिइसकेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल संविधानसभाको दोस्रो निर्वाचनमा एक दिनमै १० ठाउ“मा भाषण गर्न हेलिकप्टरमार्र्फत पुग्ने गर्दथे । अहिले भने १० दिनसम्म चितवन ३ कै चक्कर लगाएर दाहालले समय काटेका छन् । चितवन ३ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेस“ग हार्ने संकेत पाएपछि दाहालले हत्तपत्त चितवन छोडेका छैनन् ।
वाम गठबन्धनले अधिकांश स्थानमा चुनावी सभा गर्ने भने पनि ओली र दाहाल स्वयं सबैतिर पुग्न खोजेका छन् । अधिकांश मञ्चमा नदेखिएका एमाले नेताहरू माधवकुमार नेपाल, झलनाथ खनालहरूको भूमिका रहस्यमय देखिन्छ ।
अधिकांश जिल्लाको रिपोर्टहरू आएपछि वाम गठबन्धन अत्तालिएको प्रष्ट हुन्छ । स्रोतका अनुसार बहुमत ल्याउने दावी गरेर चुनावमा होमिए पनि अधिकांश क्षेत्रमा कांग्रेस पकड तलमाथि हुने स्थिति नदेखेपछि गठबन्धनभित्र तनाव बढेको छ ।
एमाले कार्यकर्ताहरूबाट स्वयं माओवादी अध्यक्ष दाहालले धोका पाउने देखिएको छ । राप्रपाबाट माओवादी छिरेका बद्री तिमिल्सिनाले विक्रम पाण्डेकै पक्षमा काम गरिरहेको चर्चा चितवनमा देखिन्छ । झापामा स्वयं केपी ओली संकटमा देखिन्छन् । यही कारण दुवै नेता जहँ“ पनि नारिएर हि“ड्न थालेका छन् । वाम गठबन्धनका अधिकांश कार्यकर्ता स्थानीय आवश्यकताअनुसार लोकतान्त्रिक गठबन्धनलाई जिताउनसमेत तयार देखिएका छन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला देश दौडाहामा छन् । जुनसुकै क्षेत्रमा पनि उल्लेख्य मतदाताको उपस्थिति देखेपछि देउवाको आत्मबलसमेत बढेको पाइन्छ । मतदाताले मूलतः सैद्धान्तिक रूपमै कम्युनिजमलाई अस्वीकार गरेको तथा विगतदेखि नै मतदातामा भिजेका उम्मेदवारहरू कांग्रेसले नै तय गरेकाले पनि लोकतान्त्रिक गठबन्धनको उत्साह बढेको छ ।
अर्कोतिर २ नम्बर प्रदेशमा वाम गठबन्धन नील हुने सम्भावना बढेको छ । सो प्रदेशमा वाम गठबन्धनले दुई सिट जिते ठूलो सफलता हुने दावी कांग्रेस नेता प्रदीप गिरीले गरिसकेका छन् । नेपाली कांग्रेसले २ नम्बर प्रदेशका ३२ मध्ये आधा आफूले बा“की मधेस केिन्द्रत दलले जित्ने आन्तरिक आकलन गरेको छ ।
गठबन्धन नबने पनि वाम गठबन्धन असफल बनाउन २ नम्बर प्रदेशमा कांग्रेस र मधेस केन्द्रित दलले आन्तरिक तालमेल गर्ने सम्भावना रहेको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पुगेर फर्किएपछि सुदूरपश्चिमको ७ नम्बर प्रदेशमा कांग्रेस सबैभन्दा बलियो हुने निश्चित देखिएको छ । काठमाडौं उपत्यकामा विगतमा जितेका क्षेत्र दोहो¥याउने लक्ष्य कांग्रेसले लिएको छ ।
नेपाली कांग्रेसले आन्तरिक रूपमा तयार गरेको रिपोर्टमा एक सय ६५ मध्ये ७२ सिट कांग्रेसले जित्ने देखिएको छ । राप्रपा र मधेस केन्द्रित दलले जित्ने अन्य सिटबाट बहुमत प्राप्त हुन सक्ने आकलन कांग्रेसको छ । प्रारम्भमा केही फितलो देखिए पनि निर्वाचन अभियानका दौरानमा देखिएको उत्साहले कांग्रेस नेताहरूलाई थप क्रियाशील बनाएको छ । विगतमा जस्तो बागी उम्मेदवार र अन्तर्घातको समस्या यसपटक टर्ने देखिएकाले पनि निर्वाचन जितिनेमा कांग्रेस ढुक्क छ । उता वाम गठबन्धनका नेताहरूलाई भने निद्रा परेको छैन ।





प्रतिक्रिया