देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देउवा र ओली पुगे दाहाल निवास, दाहाल भोली देखि नै चुनावी सभामा निस्किने

देशान्तर

 

काठमाडौं,

प्रधानमन्त्री शेरबहादुर देउवाले पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लाई घरमै पुगेर भेटी समवेदना व्यक्त गरेका छन् ।

एक हप्ता लामो चुनावी भ्रमण सकेर काठमाडौं फर्किएका प्रधानमन्त्री देउवाले सिधै दाहाल निवास लाजिम्पाट पुगेर प्रकाशप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गरे । दाहाल दम्पत्तिलाई भेटेर प्रधानमन्त्री देउवाले समवेदना व्यक्त गरे ।
त्यस्तै एमाले अध्यक्ष केपी ओली, एमाले नेता माधवकुमार नेपालले पनि दाहाललाई भेटी समवेदना व्यक्त गरे । समवेदना व्यक्त गर्न ओली पत्नीका साथ दाहाल निवास पुगेका थिए ।
हृदयाघातका कारण प्रकाश दाहालको आइतबार निधन भएको थियो । यसैबीच, अध्यक्ष दाहाल भोली९मंगलबार०देखि नै चुनावी कार्यक्रममा सहभागि हुने भएका छन् । उनी मंगलबार बाम गठबन्धनका तर्फबाट चितवनमा हुने सभामा सहभागि हुने उनका भाई नारायणप्रसाद दाहालले जानकारी दिए । ७ गते काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रम गरेपछि अध्यक्ष दाहाल नियमित चुनावी कार्यक्रममा सहभागी हुने पारिवारीक स्रोतले बताएको छ ।