देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अनिश्चित !

देशान्तर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्तिका विषयमा आन्तरिक छलफललाई तीव्रता दिएका छन्। प्रदेश प्रमुखको विषयमा ठोस निर्णयमा पुगिनसकेका प्रधानमन्त्री देउवाले छलफल र परामर्शलाई तीव्रता दिएका हुन।

यसअघि आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक बस्ने–नबस्नेटुङगो लागि नसकेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द्र परियालले जानकारी दिए। प्रधानमन्त्री देउवा प्रदेश प्रमुख नियुक्तीका विषयमा छलफलमै रहेकाले मन्त्रिपरिषद बैठकको समय तय नभएको उनले बताए।

अस्थायी प्रादेशिक राजधानीबारे उठिरहेका विभिन्न माग, कम्युनिष्ट गठबन्धनसँग असहमतिले अप्ठ्यारोमा परेका प्रधानमन्त्री देउवा यसबारे के गर्ने भन्ने विषयमा गृहकार्यमा जुटिरहेको जनाएको छ।

मन्त्रिपरिषदको बैठकले सबै प्रदेशका सांसदहरुलाई काठमाडौंमा सपथ गराउने विषयमा पनि निर्णय गर्न सक्ने छ।