देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्वाभिमान बचाउन एकताबद्ध हुन अध्यक्ष ओलीको आह्वान

देशान्तर

काठमाडाै‌ं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई स्वाभिमानी देख्न नसक्ने तत्वलाई परास्त गरी देश निर्माणको महाअभियानमा सबै एकताबद्ध भएर लाग्न आह्वान गर्नुभएको छ ।

राष्ट्रिय एकता दिवसका अवसरमा आज एक सन्देश दिँदै अध्यक्ष ओलीले नेपाली जनताले राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्ने जिम्मा वाम गठबन्धनलाई दिएकाले जनमतको कदर गर्दै आफूहरु अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

“हाम्रा पुर्खाले लडेर नेपाल बचाएका हुन्, अब हामीले लड्नु पर्दैन, केवल अडे मात्र पनि नेपाल र नेपालीको स्वाभिमान बच्छ” उहाँले सन्देशमा भन्नुभएको छ, “नेपाललाई विभिन्न नाममा विखण्डन गर्न खोज्नेहरु अब कमजोर भइसकेका छन् ।”

अध्यक्ष ओलीले पृथ्वीनारायण शाहले नेपालका विभिन्न भूभागलाई एकीकृत गरी अखण्ड राख्न योगदान दिएको उल्लेख पनि गर्नुभएको छ । आज मनाइने एकता दिवसका लागि सरकारले राष्ट्रिय बिदा दिएको छ ।