देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रसुवागढी नाका एक साताका लागि बन्द

देशान्तर

रसुवागढी नाकाबाट आजदेखि एक साताका लागि व्यापारीक कारोबार नहुने भएको छ ।

चिनियाँ सरकारले आगामी बिहिबार पर्ने सानो ल्होसारको समयमा बिदा दिदा केरुङमा चिनियाँ भन्सारले कन्टेनरमा शिल नगर्ने भएपछि एक हप्ता सामान आयात रोकिने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले बताउनुभयो ।

सामान लिन केरुङ पुगेका कन्टेनरमा चिनियाँ भन्सार अधिकारीहरुले हिजोसम्म शिल लगाएको कोइरालाले बताउनुभयो । हिजो शिल लगाइएका कन्टेनर आज साँझसम्म रसुवागढी आइसक्नेछन् ।

कोइरालाका अनुसार सामान आयात रोकिए पनि पर्यटक बोक्ने सवारी र नागरिकलाई आवतजावत गर्न समस्या पर्दैन ।

भन्सारको कन्टेनरमा शिल नलगाउने भएपछि व्यावसायी नेपाल फर्कने थालेको आयत निर्यातकर्ता धर्म पौडेलले बताउनुभयो । केरुङ जाने तयारीमा रहेका कन्टेनर पनि जिल्लाको बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रु र टिमुरेमा रोकिएका छन् ।

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका संचालन हुँदै आएको छ ।