देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्वोच्चबाट दिपक मनाङेलाई पाँच वर्ष कैद सजायँ, सांसद पद स्वत: बदर

देशान्तर

काठमाडौं- मनाङबाट ४ नम्बर प्रदेशका प्रदेश सभा सांसदमा विजयी राजीव गुरुङ (दिपक मनाङे) लाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजायँ सदर गरेको छ।

सर्वोच्चका न्यायाधीश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले यस्तो फैसला गरेका हुन्। सो मुद्दामा पुरावेदन अदालत पाटनले यस अघि नै पाँच वर्षको कैद सबै चार प्रतिवादीलाई नै सुनाएकोमा रेवत कार्की समेतका तीनै प्रतिवादीले पुनरावेदन गरेता पनि दिपक मनाङेले भने पुनरावेदन नगरेकाले पुनरावेदनकै फैसला अन्तिम हुने गरी सर्वोच्चले सदर गरेको हो।

०६९ सालमा मनाङेलाई दोषी ठहर गर्दै पुनरावेदन अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो। ज्यान मुद्दाका अन्य चार अभियुक्त रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई भने अदालतले सफाइ दिएको थियो।

अन्य प्रतिवादीले भने सो सजायँ चुनौति दिँदै पुनरावेदन गरेता पनि मनाङेले भने पुनरावेदन नगरेकाले पुनरावेदनकै फैसला अन्तिम हुने पनि इजलासले ठहर गरेको छ।

पुननरावेदनको फैसला अन्तिम भएता पनि उनी यस अघि उक्त फैसला बमोजिम कैदमा नबसेका हुनाले अब सर्वोच्चको फैसला पछि निज कैदमा बस्नुपर्ने र उनको पद पनि स्वत: बदर हुने कानुनविदहरु बताउँछन्।  कार्की समेतले भने ४ वर्ष अघि सर्वोच्चमा पुनरावेदन गरेका थिए।नागरिक