देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आन्दोलनप्रति आयोगको चासो: राष्ट्रिय सभा निर्वाचनको वातावरण बनाऊ आग्रह   

देशान्तर

काठमाडौं । निर्वाचन आयोगले प्रदेश राजधानी माग्दै भएका आन्दोलनप्रति चासो प्रकट गर्दै आगामी माघ २४ गतेका लागि तोकिएको निर्वाचन प्रभावित हुन नदिन सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारले प्रदेशको मुकाम तोकेपछि देशका कतिपय जिल्लामा भएका आन्दोलनले राष्ट्रिय सभा सदस्यको निर्वाचन कार्यक्रमलाई अगाडि बढाउन असर पर्ने भन्दै आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

आयोगले उच्च अदालत रहेका जिल्ला सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय २०७४ पुस २९ मा स्थापना गरी यही माघ ७ गते सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशन गर्ने तथा माघ १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम सार्वजनिक गसिकेको छ ।

तर, उच्च अदालत रहेका दाङ र डोटीमा लगातार आन्दोलन भइरहहँदा असहज वातावरण देखिएकाले आयोगले निर्वाचन प्रभावित हुनसक्ने भन्दै सचेत गराएको हो ।

उसले सरकार, राजनीतिक दल, प्रतिनिधिसभाका सांसद प्रदेशसभाका सांसद आमसञ्चारकर्मी, नागरिक समुदाय र सबै सरोकारवालासँग निर्वाचनको अनुकूल वातावरण बनाइदिन अपील समेत गरेको छ ।