देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देशका अधिकांश भूभागमा वर्षा : कतै हिउँ, कतै असिना

देशान्तर

काठमाडौं : देशका अधिकांश भूभागमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। कतिपय जिल्लामा हिउँ तथा वर्षासँगै असिना परेको प्रारम्भिक सूचना आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसम विज्ञ विभूति पोखरेलका अनुसार यो वर्षा अन्त्यसँगै तापक्रम बिस्तारै बढ्नेछ। ‘अब एक दुई दिनपछि बिस्तारै तापक्रम बढ्छ’, पोखरेलले भनिन्, ‘यसको नेचर (प्रकृति) कस्तो हुन्छ हेर्नुपर्ने हुन्छ।

राजधानी काठमाडौंका सडकमा मानिसहरू लामो समयपछि छाता ओढेर हिँडेको देखिएको छ। काठमाडौंको आकाश धुम्म छ।

कहाँ के छ अवस्था? अपडेटः 

– ताप्लेजुङ र पाँचथरमा बाक्लो तुवाँलो लागेको छ।

– बारामा हल्का वर्ष भइरहेको छ।

– जनकपुरमा बाक्लो हुस्सु लागेको छ।