देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेको नेतृत्वमा सम्वृद्धि भ्रम मात्रै हो: थापा

देशान्तर

रुपन्देही –नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले एमालेको नेतृत्वमा संमृद्धिको सपना देख्नु भ्रम मात्रै भएको बताएका छन् ।

नेपाली कांग्रेस बुटवल उप–महानगर समितिले बुधबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले एमाले प्राइभेट कम्पनी जस्तै भएकाले माओवादी केन्द्र मिसिएर पनि तात्वीक फरक नपर्ने बताएका हुन्।

माक्सवाद, लेनिनवाद र माओवादीका झण्डा खोलेर डमरु बजाउदै एमाले माओवादीहरु कांग्रेस कै बाटोमा आएको उनको दाबी छ । कांग्रेसले राजनीति जितेको भए पनि चुनाव हारेको भन्दै पुरानो ढर्रा र सोचबाट पार्टी अगाडी बढ्न नसक्ने बताए।

पार्टीलाई पुर्नजीवन दिन र पाँच वर्षपछि कांग्रेसलाई पहिलो पार्टी बनाउने अभियानमा आफूहरु लागेको बताउदै नेता थापाले पुराना नेताहरुले नयाँ युगको नेतृत्व गर्न नसक्ने बताए।

‘पार्टी भित्रका पुराना नेताहरुले आफ्नो युगमा अब्बल नेतृत्व दिनुभयो’, गगनले भने, ‘अब नयाँ युग सुरु भएको छ नयाँ युगको नेतृत्व गर्न नयाँ सोचसहितको नेतृत्व आवश्यक छ ।’