देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु हुँदै

देशान्तर

 

काठमाडौं ।२० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु हुँदै छ । सुनसरीको धरानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्दै छन् । प्रतियोगितामा ए डिभिजन क्लबसहित दुई पाहुना टोली सहभागी हुँदै छन् । यसपाली पुरस्कार बढाएर विजेताको ६ लाख र उपविजेताको ३ लाख रुपैयाँ र्पुयाइएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशो राईले जानकारी दिनुभयो ।
सात विधाका उत्कृष्टले जनही २५ हजार पाउने छन् भने सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पाउने छन् ।