देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नामिबियाबिरुद्ध ४ विकेट लिएका सन्दिपलाई दिल्लीको बधाई

देशान्तर

काठमाडौँ २३, माघ ।
आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नामिबियालाई सस्तैमा समेट्न उत्कृष्ट बलिङ गरेका सन्दिप लामिछानेलाई इन्डियन प्रिमियर लिग आइपिएल टिम दिल्ली डेयर डेभिल्सले बधाई दिएको छ ।
नामिबियाविरुद्ध ४ विकेट लिएका सन्दिपका बारेमा आइपिएल टिम दिल्लीले आफनो ट्विटरमा उत्कृष्ट बलिङ गरेको भन्दै बधाई दिएको हो ।
केही साता अगाडि भएको आईपिएलको अक्सनमा सन्दिपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा टिममा अनुबन्ध गरेको थियो । नामिबियाको पारिलाई ध्वस्त बनाउन सन्दिपले ८.२ ओभर बलिङ गरेर २ ओभर मेडेन राख्दै १६ रन खर्चेर ४ विकेट लिएका थियो ।
सन्दीप लामिछाने आईपिएलमा अनुबन्ध भएपछि सबैको ध्यान उनको प्रदर्शनमा रहेको छ । त्यसमा पनि सन्दिपले आईपिएल खेल्न पाउँछन कि पाउँदैनन् भनेर सबैमा कौतुहलता जागेको छ ।

View image on Twitter

Nepal’s first game of the ICC World Cricket League Division 2, and @IamSandeep25 produced a brilliant spell to bundle Namibia up for 138.