देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नामिबियाविरुद्ध चल्न सकेनन् नेपाली ब्याटस्म्यान, ब्याटिङमा पुरानै समस्या दोहोरियो

देशान्तर

काठमाडौँ २५, माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नामिबियाविरुद्ध १३९ रनको सामान्य लक्ष्यका साथ मैदान उत्रेको नेपालको ब्याटिङमा पुरानै समस्या दोहोरिएको छ । नेपालका ब्याट्सम्यानहरु चल्न नसक्दा नेपाली टोलीमाथि दबाब बढेको छ । २६ ओभरमा ६ विकेट गुमाएको नेपाल कठिन अवस्थमा पुगेको छ । नेपालले खाता खोल्न नपाउँदै दिलिप नाथ आउट भएपछि पहिलो विकेट गुमायो ।
त्यसपछि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए । तर नेपालको स्कोर ३२ रन हुँदा कप्तान पारस १९ रनमा आउट हुँदा नेपालले दोस्रो विकेट गुमायो ।
लन्च लगत्तै ब्याटिङ सुरु गरेको नेपालले ३३ रनमा तेस्रो विकेट गुमायो । आरिफ शेख खाता खोल्न नपाउदै आउट भए ।
त्यसपछि ज्ञानेन्द्र मल्ल पनि १५ रनमा आउट भए । प्रदिप ऐरी पनि ६ रन मात्र बनाएर आउट भएपछि नेपालको खेल धरमराएको छ ।