देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीले देशबासीको नाममा संबोधन गर्दै, आजै राजिनामा दिने स‌ंकेत

देशान्तर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजिनामा दिने मनस्थिति बनाएका छन्। निर्वाचन आयोगले प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसँगै देउवा राजिनामा दिने तयारीमा रहेको एक मन्त्रीले बताए।

आयोगले आज प्रतिनिधिसभामा निर्वाचित सांसदको सूची राष्ट्रपतिलाई हस्तान्तरण गर्नासाथ नयाँ सरकार निर्माणको प्रक्रिया अघि वढ्ने छ । निर्वाचन आयोगले राष्ट्रपतिलाई प्रतिनीधिसभाको मतपरिणाम बुझाएसंगै प्रधानमन्त्री देउवाले राजीनामा दिने तयारी गरेका हुन् ।

राष्ट्रपतिले नयाँ सरकारको प्रक्रिया अघि वढाउनुअघि नै प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा संवोधन गरेर राजिनामा दिने तयारी गरेका हुन्। यस विषयमा उनले पार्टीका केहि नेता तथा मन्त्रीसँग मंगलबार राती बालुवाटारमा छलफल गरेका छन्। कानितपुर दैनिकमा समाचार छ ।