देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यसरी बालुवाटारबाट बाहिरिँदैछन् देउवा

देशान्तर

काठमाडौं । बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीबाट राजीनामा दिएका शेरबहादुर देउवाले शुक्रबार नै सरकारी निवास बालुवाटार छोड्ने तयारी गरेका छन्। उनी बालुवाटारबाट बूढानीलकण्ठस्थित निजी निवास जानेछन्। ‘देशले नयाँ प्रधानमन्त्री पाइसकेकाले शुक्रबार बिहान बालुवाटार छोडेर उहाँ बूढानीलकण्ठस्थित निजी निवासमा जानुहुन्छ,’ देउवाका प्रेस संयोजक गोविन्द परियारले भने।

प्रधानमन्त्रीका रूपमा देउवाले ०५२ मा ५२ जनासम्मिलित मन्त्रिपरिषद् बनाएका थिए। आफ्नै इतिहास तोड्दै यसपालि उनले ६४ जनालाई मन्त्री बनाए।

देउवा मन्त्रिपरिषदमा १५ जना विनाविभागीय मन्त्री भए । खासमा सरकारमा कांग्रेससँग र निर्वाचनमा एमालेसँग मिल्ने माओवादी नीतिले यस्तो अवस्था आएको हो। दुर्भाग्य यो सब देउवाकै पाला भयो । अझ तिनै मन्त्रीले प्रधानमन्त्री र सरकारविरुद्ध भाषण गरेको अस्वाभाविक इतिहास पनि दर्ज भयो । नयाँ पत्रिकामा समाचार छ ।