देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खुमबहादुर खड्का उपचारका लागि भारत जाँदै

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ ।
लामो समयदेखि मृगौला रोगबाट पिडित खड्का नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो ।

थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खड्कालाई आजै २ बजे थपउपचारका लागि भारत लगिने खड्काको सहयोगी चुडामणी कँडेलले जानकारी दिनुभयो ।
मृगौलाको समस्या भएपछि मृगौला नै फेरेका खड्कालाई युरिक एसिड समेत रहेको छ।

धेरै धपेडी हुँदा उहाँलाई पटक पटक अस्पताल भर्ना नै हुनुपर्ने अवस्था आउँछ।

राष्ट्रिय सभा चुनाव, समानुपातिक निर्वाचनको नाम टुङग्याउने लगायतका काँग्रेसको वैठकहरुमा व्यस्त हुनुपर्दा भएको धपेडीले उपचार नै गराउनु पर्ने गरि अस्पताल भर्ना हुनु परेपनि उहाँको अवस्था खतरामुक्त रहेको कँडेलले बताउनुभयो ।

भारतमा उहाँको उपचार एपोलो अस्पतालमा हुने बताइएको छ।