देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले संसदीय दलको नेता छान्न २१ गते चुनाव गर्ने

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि २१ गते चुनाव गर्ने भएको छ ।आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ भने दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएको छ ।

चीनकाजी श्रेष्ठ संयोजक रहेको समितिको सदस्यमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दाम्बे छन् ।कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा स्वभाविक उम्मेदवार छन् भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि उम्मेदवारी दिने बताएका छन् ।

देउवा पक्षका केही नेताहरुले भने पार्टी महामन्त्री डा. शशांक कोइरालालाई सर्वसम्मत रुपमा दलको नेता बनाउने लबिङ गरेका छन् ।कोइरालाले पनि सर्वसम्मत रुपमा भए आफू संसदीय दलको नेता बन्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।