देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नक्कली नोटसहित ५ जना पक्राउ

देशान्तर

काठमाडौं ।  प्रहरी परिसरले काठमाडौंको विभिन्न स्थानबाट २१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नक्कली नोट चलाउने गिरोहका ललितपुरको गोदावरी–४ घर भइ हाल ताल्सीखेलमा एमएस वर्कसप सञ्चालन गरी रहेका मनोज केसी, ललितपुर–१४, ताल्सीखेलका आशिष माझी, नेमा तामाङ, धनुषा घर भइ ललितपुरको नख्खिपोट बस्दै आएका धिरजबहादुर श्रीनेत ठकुरी, भोजपुरको खावा–९ घर भइ हाल नख्खीपाट बस्दै आएका निगम राई र सोलुखुम्बु तिम्ला–८ घर भइ काठमाडौंको कपन बस्दै आएका ३१ वर्षीय भेषकुमार थापा मगर छन् ।
उनीहरुको साथबाट ३८ वटा ५ सय रुपैयाँको र दुई वटा हजार रुपैयाँको नक्कली नोट बरामद गरिएको छ ।काठमाडौंका विभिन्न स्थानमा पसलहरुमा नक्कली नोटको प्रयोग गरी सामान खरिद गर्ने गरेको क्रम बढेको सुराकीका आधार परिसरले अप्रेशन चलाएको थियो । सोही क्रममा उनीहरु पक्राउ परेका हुन् ।