देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानु पर्छ : शशांक कोइराला

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानुपर्ने बताएका छन्।

प्रतिनिधिसभाका सांसदलाई स्वागत तथा होली पर्वको शुभकामना दिन टोखास्थित आफ्नै निवासमा आयोजित दिवाभोज कार्यक्रममा महामन्त्री कोइरालाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्नुपर्ने बताए।

उनले पार्टीभित्र देखिएको दुर्दशाले कांग्रेसलाई फाइदा नपुग्ने भन्दै सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

‘म पार्टी एकढिक्का भएर अगाडि बढाउन चाहन्छु’, कोइरालाले भने।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, डा प्रकाशशरण महत, दिलेन्द्रप्रसाद बडू, आनन्द ढुंगाना, मानबहादुर विश्वकर्मा, एनपी साउद, चन्द्र भण्डारी, प्रदीप पौडेल, कल्याण गुरुङ, दीपक खड्का लगायत नेताको उपस्थिति थियो।