देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति निर्वाचन कार्यालय राखियो संसद भवनमा

देशान्तर

काठमाडौँ । फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।आज नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।नयाँ संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिको निर्वाचन सम्पन्न गराउन निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत पाटन उच्च अदालतका न्यायाधिश तीलप्रसाद श्रेष्ठले जानकारी दिए ।

राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आगामी २१ गते सोमबारबाट सुरु हुने गरी निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । २१ गते मतदाता नामावली प्रकाशन गर्ने, २३ गते उम्मेदवार मनोनयन गर्ने र २९ गते राष्ट्रपति निर्वाचनको मतदान हुनेगरी निर्वाचन कार्यतालिका तय गरिएको पनि निर्वाचन अधिकृत श्रेष्ठले बताए ।

निर्वाचन आयोगको गत फागुन १५ गते बसेको बैठकले पाटन उच्च अदालतका न्यायाधीश श्रेष्ठलाई राष्ट्रपति निर्वाचन अधिकृतमा नियुक्त गरेको थियो भने संघीय संसद भवन परिसर भित्रै निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।