देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दैनिक एक अर्ब ८८ करोड ८८ लाख रेमिटेन्स !

देशान्तर

काठमाडौं ।  विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक एक अर्ब ८८ करोड ८८ लाख रुपैयाँ स्वदेशमा पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा तीन अर्ब ४० करोड रुपैयाँ औपचारिक माध्यमबाट भित्रिएको छ। गत वर्ष दैनिक एक अर्ब ९० करोड ४१ लाख रुपैयाँ औपचारिक माध्यमबाट भित्रिएको थियो ।

गत आर्थिक वर्ष ०७३–७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो।  विदेश जाने नेपालीको स‌ंख्या घटेका कारण पछिल्लो समय रेमिटेन्स वृद्धिदरमा कमी आएको बताइन्छ।

गत आर्थिक वर्षको पुससम्म एक लाख ८९ हजार चार सय ३३ नेपाली विदेश गएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा एक लाख ८६ हजार ५३ जनामात्र गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ। विदेश जानेको संख्या पोहोरभन्दा चालु आवको साउन–पुस अवधिमा तीन हजार तीनसय ८० ले कमी आएको छ। नागरिक दैनिकमा समाचार छ ।