देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजनीतिभन्दा माथि उठेर मुलुक निर्माणमा जुटौंः अध्यक्ष दाहाल

देशान्तर

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुक निर्माणको महाअभियानमा सरिक हुन सबैलाई आह्वान गरेका छन् ।काठमाडौंमा चक्रपथ सरसफाई अभियानमा सरिक हुँदै उनले राजनीतिभन्दा माथि उठेर मुलुक निर्माणमा लाग्न आग्रह गरे ।

राजनीतिक संक्रमणकालको अन्त्य भएको भन्दै दाहालले अब आर्थिक समृद्धिको लक्ष्य लिएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।अब कुनै पनि काममा आलटाल गर्ने छुट कसैलाई नहुने भन्दै सरकारलाई राजनीतिक आग्रह पूर्वाग्रह नराखी काम गर्न सुझाव दिए ।

गृह मन्त्री रामबहादुर थापा, वन तथा वाताबरण मन्त्री शक्ति बस्नेतलगायतले मन स्वच्छ भए वातावरण स्वच्छ हुने भएकाले मनबाटै जागरुकता जरुरी रहेको उल्लेख गरे ।कार्यक्रममा सरसफाई अभियानमा योगदन पु¥याउनेहरुलाई सम्मानित गरिएको थियो ।