देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘दुष्प्रचार’ छानबिन गर्न नेविसंघले बनायो तीन सदस्यीय समिति

देशान्तर

काठमाडौं – नेपाल विद्यार्थी संघले संगठनको बदनाम हुने गरी केही दिनयता सामाजिक सन्जालमा भ्रामक समाचार सम्प्रेषण भइरहेको भन्दै तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

संगठनभित्रकै केही व्यक्तिले संगठन, संगठनका पदाधिकारी र सदस्यहरुको बदनाम हुने गरी दुष्प्रचार गरेको भन्दै उपाध्यक्ष पवन यादवको नेतृत्वमा शनिबार तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो

समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ । पछिल्ला दिनहरुमा नेविसंघका पदाधिकारी र सदस्यहरुको नाम जोडेर नक्कली सर्टिफिकेट बनाउन संलग्न रहेको भन्दै सामाजिक सन्जालमा समाचार सम्प्रेषण भएको थियो ।

संगठन र पदाधिकारीको बदनाम गर्ने कार्यमा संलग्नलाई कुनै हालतमा छुट नदिने अध्यक्ष नैनसिंह महरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।