देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘रामचन्द्रले बोलाए तर चक्र बाँस्तोलाले मुख चलाए तर बोल्न सकेनन्’

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका थोरै नेता मात्रै कांग्रेसको सिंगो इतिहासबारे जानकारी राख्दथे । ती मध्ये हुन्– नेतृ शैलजा आचार्य र नेता चक्र बास्तोला । तर अप्रत्यासित रूपमा यी दुवै जना अस्वस्थ्य बने । अहिले आचार्यको निधन भइसकेको छ । माओवादी सशस्त्र युद्धको शान्तिपूर्ण अवतरणका सूत्राधार समेत रहेका बास्तोला भने पाँच वर्षदेखि अर्धमूर्छित अवस्थामा खुमलटार हाइटको निवासको तल्लो तलामा छन् ।

संयोग, कांग्रेस यी दुई जानकार आचार्य र बास्तोला नातेदार पनि हुन् । आजीवन अविवाहित आचार्यका चक्र बहिनी ज्वाई हुन् । शैलजाले चक्रका छोरीलाई छोरीलाई सन्तान मानेकी थिइन् । शैलजा जीवनको अन्तिम समयमा बोल्न नसकी बितिन् भने बास्तोला पनि पाँच वर्षदेखि आँखाले मात्रै बोल्छन् । संयोग शैलजा आचार्यसंगैका सहयोद्धा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल आज चक्र बाँस्तोलाई भेट्न उनको निवास खुमलटार हाइट पुगे । बास्तोला हेर्दा अवस्था सामान्य अवस्थामा देखिन्छन् । आँखाको इशाराले बोल्न खोजेजस्तो गर्दछन् तर बोली आउँदैन उठ्न सक्दैनन् । आइतवार कांग्रेस वरिष्ठ नेता पौडेलले बोलाए बोलाए, ‘चक्र जी म रामचन्द्र पौडेल ।’ पौडेलले यसो भनिरहँदा उनले मुख चलाए तर बोल्न सकेनन् । कुरा बुझेजस्तो भाव देखाए, आवाज निकाल्न खोजेजस्तो गरिरहे तर सकेनन् ।

०६९ साल पुस १४ गते विराटनगरको विराटचोकमा भएको बास्तोला बन्धुको भेलामा सहभागी हुने क्रममा मष्तिकघात भएका उनलाई दिल्लीको मेदान्त अस्पताल, बाँसबारीको न्यूरो अस्पतालले पनि पूर्ववत् अवस्थामा ल्याउन सकेन । ७३ वर्षे बास्तोलाले कुनै समय कांग्रेसका खम्बा भएर बिपीदेखि जिपी कोइरालाईलाई साथ दिएका थिए । मुलुक माओवादी द्वन्द्वमा रहेका बेला उनले माओवादीलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउन प्रयत्न गरे ।

कांग्रेस वरिष्ठ नेता पौडेलले फर्कने बेलामा चक्रसंग विदा मागे चक्र जी म अहिले गए फेरि फेरि आउछु है, फरि चक्र बाँस्तोलाले हेरिरहे आँखाँले देख्दा सम्म पौडेललाई हेरे । चक्र विरामी परेपछि पटक पटक भेट्न पुगेका पौडेलले आफु फुर्सदको समयमा भेट्न आउने गरेको सुनाए ।  खरो बोल्ने चक्र गुटबन्दी र स्वार्थमा कहिल्यै अल्झेनन् । कांग्रेसको नेतृत्वको सशस्त्र क्रान्तिका बेलामा हतियार संकलनदेखि प्लेन अपहरणसम्म सहभागी एउटा सिंगो इतिहासको सहारा बनेकी छन् पत्नी कुसुम । उनले कांग्रेस वरिष्ठ नेता पौडेललाई स्वास्थ्य अवस्था बारेमा जानकारी गराईन् । भनिन्–‘हरेक बिहान फिजियोथेरापी गराउनुपर्छ, त्यसबेला खुब आङ तन्काउनुहुन्छ । सँधै ब्रस गरिदिन्छु, नौ बजे बिहान घरबाहिर लगेर घाममा राख्छु ।’

मान्छेको नियति, कुनै बेलाका लडाकु नेता, जो जहाज अपहरणसम्म सक्रिय थिए, आज दिनको सात–आठपटक खाना खुवाउनुपर्छ । ललितपुरको खुमलटार हाइटमा रहेको घरको भूईंतलाको ठूलो वैठक कोठामा चक्रलाई राखिएको छ । अस्पतालकै जस्तो बेड छ, छेउमा अक्सिजन सिलिण्डर र अनेक औषधीहरु । लामो र ठूलो व्हील चेयर । दिनभरी नर्स तैनाथ हुन्छन् । नियमित डाक्टर आउँछन् । दिनहुँ बिहान फिजियोथेरापी हुन्छ । खुवाउन र सरसफाई गर्न अनेक उपकरण छन् ।