देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तोकिएको कार्य क्षेत्रमा जान अटेर गर्ने कर्मचारीलाई आजदेखि कारबाही

देशान्तर

काठमाडौं । तोकिएको कार्य क्षेत्रमा जान अटेर गर्ने कर्मचारीलाई सरकारले आजदेखि कारबाही गर्ने जनाएको छ ।

सरकराले तोकेको स्थानीय तहमा जान अटेर गरेर केन्द्रमै बस्ने कर्मचारीहरु विरुद्ध हाजिरी र तलब भत्ता रोकिने संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले जानकारी दिए । कर्मचारीको हाजिरी प्रक्रिया रोक्न निर्देशन दिईएको मन्त्री पण्डितले बताए । सरकारले हिजैदेखि कारवाही गर्ने जनाएपनि सार्वजनिक विदा परेकाले आजदेखि मात्रै कार्यान्वयनमा आउन लागेको हो । मन्त्री पण्डितले सरकारी सेवा र सुविधा लिएर कर्मचारीहरु तोकिएको ठाउँमा नजाने भन्न नमिल्ने तर्क गरे । कर्मचारीले भने विधी र प्रक्रिया पुरा नगरी हचुवाका भरमा सरकारले बलमिच्याइँ गरेको आरोप लगाएका छन् ।

सह–सचिव र उपसचिव स्तरका कर्मचारीलाई चाही वढुवा गर्ने तर तल्लो तहका कर्मचारीलाई भने सरकारले जवरजस्ती गर्न खोजेको कर्मचारीले आरोप लगाएका छन् । मन्त्री पण्डितले भने सबै कर्मचारीलाई समान व्यवहार गरेको बताउनुभएको छ । स्थानीय तहमा कर्मचारी अभाव र खटिएका कर्मचारीमा पनि संघीय संरचना अनुसार काम गर्ने दक्षता अभाव भएपछि जनप्रतिनिधिहरु भने अन्यौलमा परेका छन् ।