देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीले भनेः गम्भीर मानवअधिकार उल्लंघनमा आममाफी दिँदैनौं

देशान्तर

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले सरकारको योजना तथा नीतिका बारेमा नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई ब्रिफिङ गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीको कार्यलयमा भएको उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आफ्नो सरकारले कुनै पनि सम्झौता नगर्ने स्पष्ट सन्देश दिएका छन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुटनीतिज्ञहरुलाई स्वागत सम्बोधन गर्दै सरकारले सबै देशसँग सुमधुर सम्बन्ध राख्न चाहेको र नेपालको विकासमा सहयोगको अपेक्षा राखेको बताएका थिए ।

‘हाम्रो विदेश नीति नयाँ आन्तरिक प्राथमिकता र अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरुप निदृष्ट हुनेछ,’ मन्त्री ज्ञवालीले भने, ‘नेपालले जहिले पनि विश्वका सबै मुलुकहरुसँग सुमधुर सम्बन्ध कायम राखेको छ । ऐतिहासिक रुपमा हामीले हाम्रा छिमेकीहरुसँग राम्रो सम्बन्ध रहँदै आएको छ । अन्य देशहरु, विकास साझेदार र मित्र राष्ट्रहरुसँग हाम्रो सम्बन्ध आपसी विश्वास, मित्रता र सहकार्यमा आधारित रहेको छ ।’

मन्त्री ज्ञवालीपछि प्रधानमन्त्रीले सरकारका नीतिबारे ब्रिफिङ गरेका थिए ।