देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डाक्टर बनेर बलात्कार गर्ने युवक पक्राउ

देशान्तर

काठमाडौँ । अस्पतालमा उपचार गराउन आएकी महिलालाई आफू डाक्टर रहेको भन्दै विभिन्न प्रलोभनमा पारी बलात्कार गर्ने पाल्पा तानसेनका २७ वर्षीय अर्जुन कोइरालालाई प्रहरीले पक्राउ गरेको छ।

कोइरालाले गएको चैत ६ गते आमाको उपचार गराउन गंगालाल अस्पतालमा आएकी एकजना युवतीलाई ‘म पनि न्यूरो अस्पतालको डाक्टर हुँ गंगालाल अस्पतालको डाक्टरहरूसँग मेरो राम्रो चिनजान छ र तिम्रो आमाको उपचारमा म सक्दो सहयोग गर्ने’ भन्दै आश्वासन देखाएर युवतीलाई एकछिन आफन्त भेट्न जाँउ भन्दै बसपार्क्स्थित होटलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।

डाक्टरको भेषमा युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ।पक्राउ परेका कोइरालालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।