देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस नेता तथा पूर्व गृहमन्त्री खड्काको पार्थिव शरीर नेपाल ल्याइँदै

देशान्तर

काठमाडौं, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व गृहमन्त्री खुमबहादुर खड्काको पार्थिव शरीर आज नेपाल ल्याइँदैछ । बेलुकीसम्ममा उहाँको पार्थिव शरीर नेपाल ल्याएर भोलि श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउएका छन ।
भारतको नयाँ दिल्लीमा रहेको एपोलो अस्पतालमा उपचारका क्रममा खड्काको हिजो बेलुकी निधन भएको हो । मिर्गौला, छाती र नसाको समस्याबाट पीडित भएपछि खड्कालाई उपचारका लागि नयाँदिल्ली लगिएको थियो । उहाँको अन्त्येष्टि आइतबार गरिने परिवारिक स्रोतले बताएको छ ।
नेता खड्काको निधनका कारण कांग्रेसले तीन दिनसम्म कुनैपनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । आइतबार बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक पनि स्थगित गरिएको प्रवक्ता शर्माले बताएका छन ।