काठमाडौं । मधेश केन्द्रीत राजपा र संघीय समाजवादी फोरम संविधान संशोधनमा सहमति नगरि सरकारलाई समर्थन गर्नु गल्ती भएको निष्कर्षमा पुगेका छन् । आफ्नो समर्थनमा सरकारलाई २ तिहाई पुगेपनि माग सम्बोधनमा भने सरकारले कुनै तत्परता नदेखाएको भन्दै उनीहरु पार्टी निर्णय गल्ती भएको निष्कर्षमा पुगेका हुन् ।
लामो समयदेखि आफुहरुले उठाउँदै आएको मुद्दा फेरि ओझेलमा पर्ने संकेत देखिएको राजपा महासचिव मनिष कुमार सुमनले जानकारी दिए । उनले भने, संविधान संशोधनमा लिखित सहमति नगरिकनै सरकारलाई समर्थन गर्नु गल्ती भएको छ । यो विषयमा अध्यक्ष मण्डलको बैठकमा छिट्टै समिक्षा हुन्छ । आफ्ना नेता रेशम चौधरीलाई छुटाउने विषयमा सहमति भएर पनि सरकार पछि हटेपछि राजपा चिढिएको छ ।
राजपा महासचिव सुमनले संविधान संशोधन लगायत अन्य मुद्दामा प्याकेजमा सहमति हुने भनिएपनि अहिलेसम्म निकासका लागि कुनै पहल हुन नसकेको टिप्पणी गर्नुभयो । संघीय समाजबादी फोरम पनि अहिलेसम्म अन्योलकै अवस्थामा छ । फोरम नेता राजेन्द्र श्रेष्ठले व्यङ्ग्य गरे, नेपालको राजनीतिमा कति खेर के हुन्छ को कसको इसारामा चल्छ भन्न सकिदैन । संविधान संशोधन गर्ने सरकारले प्रतिवद्धता जनाएपनि लिखित सहमति हुन नसक्दा आफ्नो पार्टी सरकारमा नगएको श्रेष्ठले बताए ।





प्रतिक्रिया