देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कानुन बने न्यायाधीशलाई सम्पती सार्वजनिक गर्न कुनै समस्या छैन : जोशी

देशान्तर

काठमाडौँ । कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायाधीशलाई सम्पत्ति सार्वजनिक गर्न कुनै आपत्ति नभएको बताएका छन् ।

न्यायिक पत्रकारसँगको भेटमा आज जोशीले सरकारले सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानून बनाएमा न्यायाधीशलाई सम्पत्ति सार्वजनिक गर्न कुनै आपत्ति नहुने बताएका हुन ।

कामु प्रधानन्यायाधीश जोशीले न्यायाधीशले सम्पत्ति सार्वजनिक गर्नुपर्ने कुरा आएपनि अहिलेसम्म यसका लागि कानुन नबनेकाले पहिले कानुन बनाउन आवस्यक भएको बताए ।

सरकारले कानून बनाएर लागु गरेका कुनैपनि न्यायाधीशलाई आफ्नो सम्पती सार्वजनिक गर्न समस्या नहुने जोशीको भनाईछ । जोशीले न्यायलयबाट राम्रा फैसला पनि हुने गरेको तर नकारात्मक कुरालाई मात्र सञ्चारमाध्यमले बढी प्राथमिकता दिएको गुनासो गरे ।

न्यायका क्षेत्रमा गरेका सुधार र राम्रो पक्षलाई पनि अध्ययन गर्न आग्रह गर्दै उनले समयमा मुद्दा फछ्र्यौट हुन नसक्नुमा जनशक्तिको अभाव रहेको जानकारी दिए ।