देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सलमानको मुद्धा हेरिरहेका न्यायाधीशको सरुवा

देशान्तर

काठमाडौं । राजस्थान उच्च अदालतले एकै पटक ८७ जना न्यायाधीशहरुको सरुवा गरेको छ । कालो हरिण मारेको आरोपमा सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाउने न्यायाधीश देवकुमार खत्री तथा उनको जमानत अपीलमा सुनुवाई गरिरहेका न्यायाधीश रवीन्द्रकुमार जोशीको पनि सरुवा भएको छ ।

सलमानले जमानतका लागि दिएको अपीलमा सुनुवाई गरिरहेका न्यायाधीश जोशीको सरुवा भएपछि अब सुनुवाईमा ढिलाई हुन सक्ने सम्भावना रहेको छ । यसअघि शनिबार जोशीले सलमानको जमानतबारे फैसला गर्ने सुनाउने सम्भावना रहेको थियो । सलमानको जमानतका बारेमा सुनुवाई गरिरहेका न्यायाधीश जोशीलाई जोधपुरको सिरोहमा सरुवा गरिएको छ । उनको ठाउँमा भिलवाडाका न्यायाधीश चन्द्रकुमार सोंगरा आउनेछन् ।

त्यस्तै न्यायाधीश खत्रीको ठाउँमा उदयपुरका अतिक्ति मुख्य न्यायिक मजिस्ट्रेट समरेन्द्र सिंह सिकारवार आउनेछन् ।सन् १९९८ मा चलचित्र ‘हम साथ साथे हे’ छायांकनका क्रममा कालो हरिण मारेको आरोपमा सलमानलाई दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाइएको छ ।