देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सशस्त्र प्रहरी इन्सपेक्टर काले बम्जन अख्तियारको नियन्त्रणमा

देशान्तर

काठमाडौं । सशस्त्र प्रहरीका इन्सपेक्टर काले बम्जनलाई अख्तियार दुरुपायोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट कप्तानगञ्ज सुनसरीमाको इन्चार्ज समेत रहेका बम्जनले मातहतका सुरक्षा अधिकारीसँग मिलेर घुस लिएको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिएका छन् ।

बिओपी कप्तानगञ्जमा कार्यरत जवान ठाकुर खत्री र नविन खड्काले भारतिय नम्बर प्लेटको गाडी छुटाइदिने प्रयोजनका लागी घुस मागेपछि आयोगले चैत १३ गते २५ हजार घुस सहित नियन्त्रणमा लिएको थियो ।

सोही घटनामा अनुसन्धान गर्दै जाँदा कार्यालय प्रमुख समेत रहेका शसस्त्र प्रहरी इन्सपेक्टर काले बम्जनको समेत प्रत्यक्ष संलग्नता खुलेपछि नियन्त्रणमा लिईएको आयोगले जनाएको छ । विशेष अदालत काठमाडौंबाट भ्रष्टाचार मुद्धामा म्याद लिएर बम्जनबारे थप अनुसन्धान भईरहेको प्रवक्ता मैनालीले जानकारी दिएका छन् ।