देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कालिकोटमा खाद्य सुरक्षाको लाखौँ रकममा अनियमितता

देशान्तर

काठमाडौं ।  जिल्ला पशु सेवा कार्यालय कालिकोटले नेपाल सरकार सञ्चालन गरेको कृषि तथा खाद्य सुरक्षा आयोजना, साना अनुदान परियोजनामा प्रस्ताव ०७४÷७५ को ९० लाख रुपैयाँ अनियमिता भएको पाइएको छ।

आयोजनाले वास्तविक किसान नदिएर नक्कली किसानहरुलाई रकम दिएर ९० लाख रुपैयाँ अनियमिता गरेको हो। जिल्ला पशु सेवा कार्यालयका कर्मचारी, नक्कली किसानहरु मिलेर आयोजना रकम अनियमिता गरेको पाइएको हो।

अनियमिता गर्नेमा निर्वा्चित वडा अध्यक्ष, पत्रकार, व्यापारी र राजनीतिकर्मीहरुको समेत मिलेमतो भएको पाइएको छ। तीन लाखसम्म अनुदान पाउने साना किसानहरुको जिल्ला पशु सेवा कार्यालयका कर्मचारी १५ हजार कन्टल्जेन्सी भनेर लगेको २ लाख ७५ हजारसम्म अनुदान पाउनेबाट १३ हजार ७ सय ७५ हजारसम्म रुपैयाँ कृषि कार्यालयका कर्मचारीले काटेको एक सहकारीका अध्यक्षले बताए।