देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धुलिखेलसम्मको रुट इजाजत खुला, इच्छुक बसले आजै परमिट पाउने

देशान्तर

काठमाडौं । कोटेश्वर पूर्वका ११ वटा समितिले अरनिको राजर्मागमा बस रोकेपछि सरकारले अन्य व्यवसायी तथा कम्पनीलाई काठमाडौंबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ ।यातायात व्यवस्था विभागले धुलिखेलसम्म चलाउन इच्छुकलाई बुधबार (आज) नै सबै प्रक्रिया पुरा गरेर रुट दिने गरी यस्तो आह्वान गरेको हो ।अत्यावश्यक सार्वजनिक सेवमा समितिहरुले हड्ताल गरेपछि विभागले काठमाडौं उपत्यका चलिरहेका अन्य व्यवसायी समिति र कम्पनीहरुलाई धुलिखेलसम्मको रुट इजाजत खुला गरेको हो ।
मयुर यातायातले काठमाडौं बनेपा रुटमा बस चलाउने अनुमति पाएपछि ११ वटा समितिले ग्रामीण र शहरी दुवै भेगका बस चलाउन छाडेका हुन् । सिन्डिकेटको पक्षमा बस्न गरिएका बसहरुको रुट इजाजत खारेजीको प्रक्रिया पनि अघि बढेको बताइएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताएका छन । मयुर यातायातलाई बनेपासम्म रुट इजाजत दिएको बिरोधमा सिन्डिकेटधारी समितिहरुले कोटेश्वरपूर्वको सार्वजनिक यातायातलाई अवरुद्ध पारेका छन् ।विभागले व्यवसायीको अघि घुँडा नटेक्ने भन्दै धुलिखेलसम्मको रुट इजाजतलाई खुला गरेको महानिर्देशक  भट्टराईले बताए ।