देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नक्कली ५० लाख भारतीय रुपैयाँ काठमाडौंमा बरामद

देशान्तर

काठमाडौं।   काठमाडौंबाट प्रहरीले ठूलो मात्रामा नक्कली भारतीय रुपैयाँ बरामद गरेको छ। महानगरीय प्रहरी परिसरले करिब ५० लाख भारु बरामद गरेको हो।

नेपाल हुँदै भारत तस्करी गर्न लागिएको भारु बरामद भएको काठमाडौं प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा नक्कली नोटसहित केही व्यक्ति पक्राउ परेको प्रहरी स्रोतले बताए। नक्कली नोट तेस्रो मुलुकबाट आएको आशंका प्रहरीको छ।

भारत सरकारले एक वर्षअघि पुराना नोटहरूलाई प्रतिबन्ध लगाउँदै नयाँ नोट सार्वजनिक गरेको थियो। नक्कली भारुसहित पक्राउ परेका व्यक्तिहरूलाई प्रहरीले बिहीबार दिउँसो सार्वजनिक गर्ने तयारी गरेको महानगरीय प्रहरी स्रोतले बतायो।