देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गौशलामा ‘कोठी’ चलाउने ३ महिला पक्राउ

देशान्तर

काठमाडौं । युवतीहरुलाई राखेर अनैतिक गतिविधि गराएको आरोपमा काठमाडौंको गौशलामा तीन महिला पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त गौशलाले जुना पोखरेल, गीता दाहाल र रश्मी सिटौलालाई पक्राउ गरेको हो।

पोखरेलले गौशलाको विजयचोक नजिकै अस्मिता खाजाघरको नाममा वेश्यावृत्ति धन्दा चलाएको प्रहरीले जनाएको छ। विजयचोक रेष्टुरेन्टको आवरणमा उनले कोठी चलाएको प्रहरी भनाई छ।

त्यस्तै दाहाल र सिटौलाले विजयचोकै एक घर भाडामा लिएर युवतीहरु राखेर अनैतिक गतिविधि गराउदै आएका थिए। त्यहाँ कार्यरत युवतीहरुले उजुरी नदिएपछि पक्राउ परेका उपर  सार्वजनिक अपराध मुद्दामा उनीहरुमाथि कारबाही अघि बढाइएको गौशला वृत्तका इन्सपेक्टर राजकुमार राईले बताए।