देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ब्लेडले घाँटी काटेर प्रहरीको हत्या प्रयास, युवतीसहित ५ पक्राउ

देशान्तर

काठमाडौैं । नेपाल प्रहरीका एक कर्मचारीलाई ब्लेडले घाँटीमा काटेर हत्या प्रयास भएको खुलेको छ। घटनामा संलग्न युवतीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत चैत २७ गते प्रहरी एकेडेमीमा कार्यरत कार्यालय सहयोगी  सञ्जिब गौतमलाई नयाँबजारमा घाँटीमा ब्लेडले काटेका हुन्।

घटनामा संलग्न बिक्रम न्यापाने, अनिल खवास, राहुल न्यौपाने, नविन न्यौपाने जेबिका अधिकारी छन्। पक्राउ परेकाहरु लागू औषध दुव्र्यसनी भएको र आपसी विवादमा उनीहरुले गौतमलाई घाँटीमा ब्लेडले काटेको महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दीपक पोखरेलले बताए।