देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सगरमाथा आरोहण गदैँ १७ वर्षीय बेलायती विद्यार्थी

देशान्तर

काठमाडौं, १७ वर्षीय बेलायती विद्यार्थी डिमट्रि टरटिचिनमीले सगरमाथा आरोहण गर्ने भएका छन् ।ग्लोबल एक्स नेपालको पर्यटन दूतसमेत रहेका उनी सगरमाथा आरोहणसँगै युरोप र रुसका सबैभन्दा कम उमेरका आरोही विद्यार्थी घोषित हुनेछन् ।

 

 

उनले १२ वर्षको उमेरबाट हिमाल आरोहणको यात्रा शुरु गरेका हुन् ।सगरमाथा आरोहण गर्नुअघि आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले अफ्रिका, युरोप र एसियाका उच्च शिखरमध्ये ६ वटा आरोहण गरी सकेको बताए ।हिमाल आरोहण गरेर प्राप्त रकम उनले नेपालका बालबालिकाको शिक्षामा खर्च गर्ने घोषणा गरेका छन् ।

 

 

ग्लोबल एक्सन नेपालका निर्देशक बाबुकाजी श्रेष्ठले नेपालका ग्रामीण क्षेत्रका शिक्षाबाट बन्चित विद्यार्थीका लागि खर्च गर्ने योजना रहेको बताए ।हिमाल आरोहणमा १७ वर्षिय विद्यार्थीसहित २० जनाको टोली सहभागी हुने छ । उनीहरु बिहीबार हिमाल आरोहणमा जाने छन् ।