देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रुपाकुमारी र पवनलाई प्रधानमन्त्री ओलीले सिरहामा विद्यालय भर्ना गराए

देशान्तर

सिरहा।   प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाको कल्याणपुर पुगेर अति पीछडिएको दलित समुदायका दुई जना बच्चालाई विद्यालयमा भर्ना गराएका छन्।

 

बुधबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित कल्याणपुर पुगेका प्रधानमन्त्री ओलीले स्थानीय रुपाकुमारी मण्डल ९खत्वे० र पवन मल्लिक डोम लाई निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत रामदुलारी माविमा भर्ना गराएका हुन्।

 

प्रधानमन्त्री ओलीले भर्ना अभियानमा सहभागी भई निरक्षरता उन्मूलनमा आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउन अपिल गरेका छन्। कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतका मन्त्रीहरुको पनि उपस्थिति थियो।