देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिन्डकेट तोड्ने सरकारको निर्णय स्वागतयोग्य छ :उद्योग वाणिज्य महासंघ

देशान्तर

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले यातायातको सिन्डिकेट तोड्ने सरकारको निर्णयलाई स्वागत गरेको छ । बिहीवार प्रेश विज्ञप्ती जारी गर्दे महासंघले सिन्डिकेट अन्त्य गर्ने सरकारको निर्णयलाई समर्थन गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

सबै प्रकारको सिन्डिकेट, कार्टे्लिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने माग आफूले विगतदेखि नै राख्दै आएको दावी गर्दै महासंघले मन्त्रिपरिषद्बाट भएको यातायात समितिको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयबाट नगर्नेरनगराउने निर्णयको स्वागत गरेको जनाएको छ ।

ट्रक ढुवानीमा समेत जबर्जस्ती लागू गरिँदै आएको सिन्डिकेट अन्त्य हुनुपर्ने माग महासंघले गरेको छ ।सिन्डिकेट तोड्ने सरकारको निर्णयको विरोध गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको आन्दोलन फिर्ता लिनसमेत महासंघले आग्रह गरेको छ ।