देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लागूऔषध कारोबार गर्ने एक जना पक्राउ

देशान्तर

काठमाडौं । काठमाडौं प्रहरी परिसरले मेडिकल पसलको आडमा लागूऔषध कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं–१४, बल्खुस्थित कार्की मेडिकल हलका सञ्चालक ३० वर्षीय गोपाल कार्की छन् ।उनलाई अवैध लागूऔषधसहित पक्राउ गरिएको हो।उनले अवैध रुपमा ट्रामा नामक लागूऔषध बिक्री बितरण गरेको सूचना पाएपछि परिसर अन्तरगतको महानगरीय प्रहरी बृत्त, कालिमाटीले कार्की मेडिकल हलमा छापा मारेको थियो ।

त्यसक्रममा प्रहरी टोलीले ट्रामा १ सय ५८ क्याप्सुल र २ सय १ कप ट्याप डि फेला पारेको थियो ।उनले सोही स्थानमा सञ्चालन गरेको अर्को पूर्णिमा स्टोर्सबाट समेत २ हजार ७० ट्रामा, २ हजार १ सय ३० कप ट्याप डि, १ हजार ६ सय स्टारडन र ११ सय २० डिकोलिट ट्याब्लेट समेत बरामद गरेको प्रहरीले बताएको छ ।