देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लेनिनकै फोटो छुटेपछि एमाले र माओवादीको संयुक्त सभामा भयो लफडा

देशान्तर

काठमाडौं । पार्टी एकताको सन्देश दिन एमाले र माओवादीले आयोजना गरेको संयुक्त सभामा लेनिनको फोटो नराखेको भन्दै लफडा भएको छ ।

 

दुवै पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रममा राखिएको ब्यानरमा लेनिनको फोटो नराखेको भन्दै माओवादी कार्यकर्ताले विरोध गरेका हुन् । उनीहरुले ब्यानर हटाइदिएका छन् ।

 

ब्यानरमा पुष्पलाल, मनमोहन र मदन भण्डारी तथा केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको मात्रै फोटो थियो । माओवादी कार्यकर्ताले लेनिनको फोटो राख्न माग गर्दै नाराबाजी गरेका छन् । नाराबाजीपछि कार्यक्रम सुरु हुन सकेको छैन ।