देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति चुरे संरक्षणको केन्द्रीय कार्यालय चितवनमाः अध्यक्ष दाहाल

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश प्रहरीको हेडक्वार्टर र राष्ट्रपति चुरे संरक्षणको केन्द्रीय निकाय चितवनमा स्थापना हुने बताएका छन् ।बुधबार छोरी रेणु दाहालको निवासमा पत्रकारहरुसँग अन्तर्क्िरया गर्दै दाहालले प्रदेश प्रहरीको हेडक्वार्टर चितवनमा राख्ने तयारी भैसकेको जानकारी दिए ।

 

उनले राष्ट्रपति चुरे संरक्षण परियोजनाको मुख्य निकाय पनि चितवनमा नै राख्ने गरी प्रक्रिया अघि बढिसकेको बताए । चिनियाँ लागानीकर्ताहरु चितवनमा लगानी गर्न इच्छुक रहेको भन्दै अध्यक्ष दाहालले २५ वटा विभिन्न उद्योगहरु स्थापना गर्न सक्ने बताए ।

 

चितवन कृषिका लागि उर्बर भूमि रहेको भन्दै अध्यक्ष दाहालले इजरायली मोडलमा एकीकृत व्यवसायिक कृषि उत्पानदका लागि योजना ल्याइने जिकिर गरेका थिए ।आफू हरेक पटक चितवन जादा एक(एक क्षेत्रको भ्रमणमा जानुको कारण त्यसको सम्भावनाको खोजीका लागि भएको दाहालाले दावी गरे ।