देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पत्रकारहरुलाई हिंसाको निशाना नबनाउन एम्नेस्टीको आग्रह

देशान्तर

काठमाडौ । एम्नेस्टी इन्टरनेसनल नेपालले नेपालमा प्रेस स्वतन्त्रता हनन्का घटना नरोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।एम्नेस्टीले काठमाडौं शान्तिबाटिकामा पत्रकारको समर्थनमा सार्वजनिक कार्यक्रम गरी पेशागत धर्म निर्वाह गर्दा पत्रकारहरुलाई कुनै हिंसाको निशाना बनाइन नहुने जनाएको छ ।

पत्रकारको सुरक्षा तथा प्रेस स्वतन्त्रताको सुनिश्चित गर्नु राज्यको आधारभूत दायित्व भएको भन्दै एम्नेस्टीले राज्यको ध्यानाकर्षण गराएको हो ।पत्रकारहरु अहिले पनि राज्यबाटै असुरक्षित रहेको भन्दै एम्नेस्टीले स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने अधिकार कुण्ठित नर्गन माग गरेको छ ।

एम्नेस्टी इन्टरनेसनल नेपाल च्याप्टरका अध्यक्ष राजन कुईंकेलले प्रेसमाथि हस्तक्षेप नगर्न र मानव अधिकारको रक्षाका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।कार्यक्रममा मानवअधिकारकर्मी तथा नागरिक अगुवाहरु सहभागी थिए ।