देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रको सहयोग आवश्यक : उपराष्ट्रपति पुन

देशान्तर

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रबाट सक्रिय सहयोग हुने विश्वास व्यक्त गरेका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले स्थायी सरकारको निर्माण,

विद्युत्भार कटौतीबाट मुक्ति तथा बन्दहडतालको अन्त्यसँंगै मुलुक आर्थिक समृद्धिको दिशातर्फ उन्मुख भएको बताउँदै आर्थिक समृद्धिको आधार कृषि, ऊर्जा, पर्यटन र जडिबुटीको प्रवद्र्धनलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए ।

चेम्बरका अध्यक्ष श्रेष्ठले मुलुकले लामो समयदेखि भोग्दै आएको राजनीतिक संक्रमणकालको अन्त्य भएसँंगै अबको गन्तव्य आर्थिक समृद्धि हुनुपर्ने बताए । उनले देशमा व्यावसायिक वातावरण बनेकाले अब लगानी भित्र्याउनेतर्फ सरकारको ध्यान जानुपर्ने पनि औँल्याए ।