देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनता सँग गरिएका बाचा पूरा हुन्छः राज्यमन्त्री बाँस्कोटा

देशान्तर

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्वाचनको बेलामा जनताको माझमा गरिएका सबै बाचा पूरा गर्ने बताएका छन् ।

शनिबार काभ्रेपलाञ्चोकको बनेपामा नेकपा एमालेबनेपा नगर कमिटीले आयोजना गरेको राज्यमन्त्री बाँस्कोटालाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले निर्वाचनबाट वामपन्थी सरकारलाई बहुमतले काम गर्न दिएको कारण विगतमा बोलेका कुरा कार्यान्वयन हुने दृढता व्यक्त गरेका छन् ।

उनले काभ्रेपलाञ्चोक जिल्लामा विमानस्थल निर्माण गर्ने कुरा विगतमा पनि भनिएको र भर्खरैमात्र स्थलगत रुपमा अनुगमन गरी समिति समेत गरेर उक्त काम अगाडि बढेको उल्लेख गरे ।