देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाहाल र बेइजिङका सेक्रेटरी लिजियाङ बीच भेटघाट

देशान्तर

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले चीनको राजधानी बेइजिङका सेक्रेटरी लिजियाङ नेतृत्वको टोलीसँग भेटवार्ता गरेका छन् ।बुधवार खुलटारस्थित आफ्नो निवासमा लिजियाङ नेतृत्वको टोलीसँग छलफल गर्दै दाहालले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताएका थिए ।

दाहालले पर्यटन क्षेत्रको विकासका लागि चिनियाँ जनता र सरकारको चासो बारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्ने विश्वास दिलाएका थिए ।प्रधानमन्त्रीका रुपमा पहिलोपटक चीन भ्रमण हुँदा तत्कालिन राष्ट्रपति हु जिन्ताओसँग यही कनेक्टिभिटिका विषयमा छलफल भएको स्मरण गर्दै प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री बनेपछि पनि यही विषयमा राष्ट्रपति सि जिङपिङसँग छलफल भएको स्मरण गराएका थिए ।