देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ब्राउन सुगरसहित ४ जना प्रहरीको नियन्णमा

देशान्तर

काठमाडौं । नयाँ बसपार्कबाट प्रहरीले ४ जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।नयाँ बसपार्कको आकाशे पुलमा बिक्री गरिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

बर्दियाको राजापुर नगरपालिका(४ घर भइ हाल काठमाडौं महानगरपालिका(१६ माछापोखरी बस्ने ३० वर्षे पंकज पुरी, नुवाकोटको वागेश्वरी(५ घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका(५ बस्ने १८ वर्षे प्रदीप लामिछाने, गोरखा आरुचनौटे(१ घर भइ काठमाडौं महानगरपालिका(२६ मित्रनगरमा बस्ने ४७ वर्षे किरण श्रेष्ठ र बर्दियाको मधुवन(५ घर भइ काठमाडौं महानगरपालिका(२६ नयाँ बसपार्क बस्ने २८ वर्षे थिरबहादुर बस्नेतलाई पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट १३.५ ग्राम ब्राउनसुगर र एक लाख ३० हजार नगद र ५ थान मोवाइल समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।प्रकाउ परेका ४ जनाकै महानगरीय प्रहरी बृत्त, महाराजगंजले अनुसन्धान गरिरहेको छ ।